चिनारी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव - Sainokhabar

चिनारी बोर्डिङ स्कुलको १० औँ बार्षिकोत्सव

साइनो समाचारदाता पथरी/ चिनारी अङग्रेजी बोर्डिङ स्कुल पथरीशनिश्चरे मोरङको १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । स्कुलले सांस्कृतिक कार्यक्रमसहित १० औ अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठले निजि विद्यालयले देशको अर्थतन्त्रमा ठुलो टेवा पुर्याएको बताए । उत्सबमा शिक्षिका कमला तिम्सिना, प्रतिक कटुवाल, कमला तिम्सिना, आयुमा श्रेष्ठ, सोमनाथ नेपाललगायतले मन्तव्य राखेका थिए । स्कुलका सन्चालक सोमनाथ नेपालको सभापतित्वामा भएको कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य, कविता वाचन र प्रहसन प्रदर्शन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । सुन्दर शान्त नेपाल, रातो टिका, मारुनी लगायत गीतको बोलमा विद्यार्थीहरुले नित्य गरेका गरी मनोरञ्जन प्रदान गरेका थिए । मौसमी गुरुङले, मनिस गुरुङ, अरमन अधिकारीले गीत गाएका थिए भने सृष्टि लिम्बुले बाल अधिकार र निस्मा लुइटेलले बाबा शीर्षकमा कविता बाचन गरेकी थिइन् । बिद्यालयले अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, सेभेन अफ गेम, स्पोन रेस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरिएको थियो । खेलका विजेता खेलाडीलाई कार्यक्रमका विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइलगायतले पुरस्कार वितरण गरेका थिए । बिध्यालयले सोहि अवसरमा कक्षामा उध्ीर्ण हुदाको उत्कट विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै बिध्यार्थीलाई हैसला प्रदान गर्ने विद्यालयका निर्देशक बिरेन्द्र कुमार साम्बाले बताए ।

सम्बन्धित खवर

%d bloggers like this: