ढाकाको उद्घाटन् - Sainokhabar

ढाकाको उद्घाटन्

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको महिला लक्षित कार्यक्रम अन्तर्गत ५ वटा वडाका महिलाका लागि १ महिने निःशुल्क ढाका बुन्ने तालिम उद्घाटन् भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै महिलाहरुलाई शीपयुक्त र आत्मनिर्भर बनाउने नगरको योजनामा तल्लिन भएर लाग्न सहभागीलाई अनुरोध गरिन् । बुद्ध महिला उपभोक्ता समूहद्धारा आयोजित कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ र कार्यपालिका सदस्य निर्मला गदालले मन्तव्य व्यक्त गर्दै महिला जागरणको शुभकामना व्यक्त गरिन् । वडा नम्वर १, २, ३, ५ र ७ नम्वर वडाका महिलाहरुका लागि आयोजित तालिममा दमन्ता कटुवाल र मेनुका राजवंशीले सहजिकरण गर्ने समूहकी अध्यक्ष सीता राईले जनाइन्। तालिममा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: