मुकेश यादब
विराटनगर। मुकेश यादव समाजवादी पाटी अध्यक्ष उपेन्द्र यादवले सरकार सघीयता असफल वनाउने खेलमा लागेको आरोप लगाएका छन । संघीयता कार्यान्वनमा गम्भीर नभएको बताउँदै उनले सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाए पनि व्यवहारमा उतार्न नसकेको बताएका छन ।
आइतबार विराटनगरमा प्रेस नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले सो कुरा बताएका हुन । यादवले सरकारले बोल्ने र गराई फरक रहेको बताए । उनले प्रेस स्वतनन्त्रता हनन् गर्न खोजेको बताए । उनले समाजबादी नेतृत्वको पार्टी प्रदेश नम्बर २ को सरकार रहिरहने दाबी गरेका छन । यादब मोरङको विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको जिल्लास्तरीय विसु अभियान उदघाटन गर्न आएका थिए ।