दादुरा रुबेला खोप सञ्चलानार्थ पथरीमा अभिमुखीकरण - Sainokhabar

दादुरा रुबेला खोप सञ्चलानार्थ पथरीमा अभिमुखीकरण

साइनो समाचारदाता

पथरी । मोरंगको पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीय तहमा दादुरा रुबेला खोप अभियान सञ्चालनका लागि १ दिने कार्यक्रम सम्पन्न गरेको हो ।

जनप्रतिनिधि, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु कार्यक्रममा सहभागिता जनाएको थियो । शाखाका सहसंयोजक जगत मगरले खोप अभियानको बारेमा अवगत गराएका थिए । उनले नरमा ५ हजार ५ सय १९ जना लक्षित समूहलाई फागुन ७ गतेदेखि फागन १६ गतेसम्म खोप अभियान थाल्ने बताए । सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने उद्देश्यले फागुनदेखि अभियान थालिदैछ । नगरको वडा नम्बर १ मा सबैभन्दा बढी ८ सय १३ जना र वडा नम्बर १० मा सबैभन्दा कमी ५ सय ३७ जना अभियानको लक्षित समूह गरेको छ । वडाको विभिन्न खोप केन्द्रमा १ जना स्वास्थ्यकमी र २ स्वयमसेविकाको सहायताले अभियान सञ्चालन हुने योजना नगरले तय गरेको छ । पायक पर्ने वडाको खोप केन्द्रमा खोप लगाइ अपांगता र अकालमा मृत्य हुनबाट बच्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर