फागनु ६ देखि दादुरा रुबेला खोप अभियान (दादुरा रुबेला कस्तो प्रकारको रोग हो ?) - Sainokhabar

फागनु ६ देखि दादुरा रुबेला खोप अभियान (दादुरा रुबेला कस्तो प्रकारको रोग हो ?)

साइनो समाचारदाता

पथरी । सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने उद्देश्यले फागुनदेखि अभियान थालिने भएको छ । फागुन ६ गतेदेखि २४ गतेसम्म अभियान थालिने भएको हो ।

सरकारले सन् २०१९ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य हासिल गर्न नसकेपछि दादुरा रुबेला खोप अभियान थाल्ने भएको हो । सन् २०१८ देखि रुबेला रोग नियन्त्रण भएको छ भने दादुरा रोग निवारण उन्मुख छ । नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहन्छ । अभियानमा देशभरका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइन्छ । नेपाल सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ ।  ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ ।  यस अघि दादुरा–रुबेलाको खोप लगाएको भएतापनि यो अभियानमा दादुरा–रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउनु पर्दछ ।

सो अभियान अन्तरगत मोरंगको पथरी शनिश्चरेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीय तहमा दादुरा रुबेला खोप अभियान सञ्चालनका लागि १ दिने कार्यक्रम सम्पन्न गरेको छ । नगरका जनप्रतिनिधि, विभिन्न संघसंस्थाको प्रतिनिधिहरु कार्यक्रममा सहभागिता जनाएको थियो । शाखाका सहसंयोजक जगत मगरले खोप अभियानको बारेमा अवगत गराएका थिए । उनले नरमा ५ हजार ५ सय १९ जना लक्षित समूहलाई फागुन ७ गतेदखि खोप अभियान थाल्ने बताए । नगरको वडा नम्बर १ मा सबैभन्दा बढी ८ सय १३ जना र वडा नम्बर १० मा सबैभन्दा कमी ५ सय ३७ जना अभियानको लक्षित समूह गरेको छ । वडाको विभिन्न खोप केन्द्रमा १ जना स्वास्थ्यकमी र २ स्वयमसेविकाको सहायताले अभियान सञ्चालन हुने योजना नगरले तय गरेको छ । पायक पर्ने वडाको खोप केन्द्रमा खोप लगाइ अपांगता र अकालमा मृत्य हुनबाट बच्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

मोरंगमा दुई चरणमा अभियान थाल्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको योजना छ । पथरीको अलबा रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी, कटहरी, जहदा, धनपालथानमा फागुन ६ देखि १४ गतेसम्म प्रथम चरणमा अभियान सञ्चालन हुदैछ । पथरीमा भने एकदिन पछि सञ्चालन भई फागुन १६ गतेसम्म अभियान सञ्चालन हनेछ । दोस्रो चरण अन्तरगत विराटनगर, उर्लाबारी, बेलबारी, सुन्दरहरैचा, लेटांग, बढीगंगा, ग्रामथान, मिक्लाजुंग र केराबारीमा अभियान थाल्नेछ । अभियान फागुन १६ देखि २४ गतेसम्म सञ्चालन हुदैछ ।

दादुरा रुबेला कस्तो प्रकारको रोग हो ?

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।

रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ ।

प्रमुख चिन्ह लक्षण

ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ
दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (भलअभउजबष्तिष्क), कम्पन
रुवेलाबाट हुने जटिलतास् हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (भलअभउजबष्तिष्क), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (ऋच्क्– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । [युनिसेफ}

सम्बन्धित खवर

%d bloggers like this: