उच्च अदालत र न्यायिक समितिबीच छलफल - Sainokhabar

उच्च अदालत र न्यायिक समितिबीच छलफल

साइनो समाचारदाता

विराटनगर । उच्च अदालत विराटनगर र मोरङका ४ पालिकाका न्यायिक समिति संयोजकहरुसँगबीच छलफल भएको छ । उच्च अदालतका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठ र विराटनगर महानगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका र बेलबारी नगरपालिकाकी उपप्रमुखहरुसँग भेटघाट भएको हो ।

विराटनगरकी उपप्रमुख इन्दिरा कार्की, पथरी शनिश्चरेकी यमुना विष्ट वास्तोला, उर्लावारीकी लक्ष्मी भण्डारी र बेलबारीकी ढाकाकुमारी पराजुली एवम् न्यायिक समिति संयोजकहरु क्रमशः छलफल गर्नु भएको हो । जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा छलफल भएको बताइएको छ । आर्थिक अवस्था निम्न भएका तथा बेसहाराहरुका लागि मुद्धाको प्रक्रिया निःशुल्क अघि बढाउन अदालतले वकिलहरुको व्यवस्था गरेको उल्लेख मुख्य न्यायधिस श्रेष्ठले जनाए । साथै न्यायिक समितिमा जटिल प्रकारको विवाद आएमा तत्काल अदालतमा जानकारी गराउन अनुरोध गर्दै त्यस्ता विवादलाई तुरुन्त हेरेर न्याय सम्पादन गरिने उल्लेख गरेको पथरी शनिश्चरे उपप्रमुख यमुना विष्ट वास्तोलाले वताइन् । आज जिल्ला अदालतको टोलीले प्रदेशमै सवैभन्दा बढी विवाद निरुपण गर्दै आएको पथरी शनिश्चरेको न्याय सम्पादनको अवस्थाका बारेमा अनुगमन् गर्ने भएको छ ।

सम्बन्धित खवर