भ्यालेनटाईन डेमा कविता प्रतियोगिता - Sainokhabar

भ्यालेनटाईन डेमा कविता प्रतियोगिता

साइनो समाचारदाता

पथरी । फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । सो अवसरमा पथरी बहुमुखी क्याम्पसमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

स्ववियु पथरी बहुमुखी क्याम्पसको आयोजना भएको कविता प्रतियोगितामा बिएड प्रथम बर्षकी छात्रा सीता भण्डारी ,बिएड तेस्रो बर्षकी छात्रा लक्छ्णा राई, बिएड प्रथम बर्षका छात्र सुसन कार्की क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए भने बिबिएस चौथो बर्षकी छात्रा एलिना दियाली सान्तावना भएकी थिइन् । कार्यक्रममा प्राय जसो प्रेम सङै सम्बन्धित कविताहरु बाचन भएका थिए । कार्यक्रममा बिजयी भएका बिद्यार्थीलाई मेडल,प्रमाणपत्र सहित पुरस्कार प्रदान गर्दै क्याम्पस प्रमुख चेतन पौडेलले बिद्यार्थीहरुको सृजनशिलतालाई निखार ल्याउन कार्यक्रम सहयोग पुग्ने बताए ।

सम्बन्धित खवर

%d bloggers like this: