संघीयता गातामा मात्रैः उपाध्यक्ष कार्की - Sainokhabar

संघीयता गातामा मात्रैः उपाध्यक्ष कार्की

साइनो समाचारदाता

विराटनगर । समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले अहिलेको अपूर्ण संविधानले दिएको संघीयता गातामा मात्रै सीमित रहेको दाबी गरेका छन् ।

शनिबार मोरङको बिराटनगरमा पार्टीको मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले सो कुरा बताएका हन् । उनले भने ’संविधानले दिएको गणतन्त्र, धर्म्निरपेक्षता, संघीयता, समावेशीता, समानुपातिक सबै उपलव्धि पूर्ण छैनन् । त्यसैले क्रान्ति पूर्ण भएको छैन ।’ कार्कीले अब पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न जनताका घर घरमा पुग्ने कार्यक्रम नै विसु अभियान रहेको भन्दै सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । नेकपा र कांग्रेस क्रोनिक क्यापिटलमा फसेको भन्दै उनीहरुबाट मुलुक स्मृद्ध नहुने जिकिर गरे । समाजिक, सांस्कृतिक, शैक्षिक विभेद अन्त्य गर्न र सुशासन ल्याउन अब समुन्नत सङ्घीय समाजवादबाट मात्रै सम्भव हुने भन्दै कार्कीले समाजवादी पार्टीको विकल्प नरहेको दावी गरे । शक्ति निर्माणको लागि पार्टीका सबै तहका नेता, कार्यकर्ता परिचालित भएर अभियान सफल पार्नुपर्ने भन्दै उनले एकजुट भएर पार्टी निर्माणमा जुट्न आग्रह गरे ।

सम्बन्धित खवर