पार्टीलाई जनतामाझ लैजान सक्नुपर्छ - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

पार्टीलाई जनतामाझ लैजान सक्नुपर्छ

साइनो समाचारदाता

विराटनगर । समाजवादी पार्टीका केन्द्रीय नेताहरुले पार्टीको विचारलाई जनतासम्म लैजान र प्रष्ट पार्न संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान सफल पार्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार मोरङको बिराटनगरमा मोरङ जिल्लास्तरीय अभियान उद्घाटनमा बोल्दै नेताहरुले यस्तो विचार राखेका हुन् । कार्यक्रममा बोल्दै समाजवादी पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले सङ्घीयता, समानुपातिक, धर्म्निरपेक्षता लगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न लडेको स्मरण गराए । पूर्व सभासद् जोगीलाल यादवले संविधान उल्लङ्घन गर्न राज्य नै नाङ्गो रूपले लागि परेको आरोप लगाए । उनले अपूर्ण भए पनि संविधानका राम्रा पक्षहरुलाई समेत नामेट पार्ने कोसिस भैरहेको भन्दै आपत्ति प्रकट गरे । केन्द्रीय सदस्य सन्जय सिंहले भएका संगठनलाई चुस्त र चलायमान बनाउन र पार्टीको विचारलाई आम जनतासम्म पुर्याउन यो अभियान प्रभावकारी हुनुपर्ने धारणा राखे । पार्टीको केन्द्रीय नीति अनुसार विसु अभियान प्रारम्भ भएको र यसलाई सबैले सफल बनाउनुपर्ने केन्द्रीय सदस्य प्रेमनारायण थापाले जोड दिए ।

सम्बन्धित खवर