समाजबादी थाल्यो प्रदेश १ मा विसु अभियान - Sainokhabar

समाजबादी थाल्यो प्रदेश १ मा विसु अभियान

साइनो समाचारदाता

विराटनगर । प्रतिपक्षी समाजवादी पार्टी प्रदेश नं १ अन्तर्गत आइतबारबाट जिल्लास्तरीय विसु अभियान सुरु भएको छ । शनिबार मोरङको विराटनगरमा मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् ।

कार्यक्रममा विसु अभियानका लागि जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएका नेताहरु, जिल्ला समिति, जनवर्गीय संगठनका नेताहरु लगायत पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको समाजवादी पार्टी मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए । कार्यक्रम सोमबारसम्म चल्ने छ ।

सम्बन्धित खवर