ऐतिहासिक स्थलहरुको अनुसन्धान - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

ऐतिहासिक स्थलहरुको अनुसन्धान

विजय धिमाल

उर्लाबारी । नेपालको पूर्वि दक्षिण समथर भूभागमा रहने धिमाल जातिहरुले मोरङ जिल्लाका करिब दश स्थानहरुमा आफ्नो ऐतिहाँसिक स्थलहरु भ्रमण तथा अनुसन्धान गरेको छ ।

नयाँ तथा पुराना ऐतिहासिक स्थलहरुको कस्तो अवस्था छ भनि खोज अनुसन्धान गर्ने उद्येश्यका साथ केन्द्रिय टोलीले भ्रमण तथा अनुसन्धान गरिएको हो । धिमाल जातीय बिकास केन्द्र, केन्द्रिय समितिको आयोजनामा भ्रमण तथा अनुसन्धान भएको थियो । लेटाङ नगरपालिकाको वार्ड न १ मा रहेको सम्पूर्ण धिमालहरुको ऐतिहासिक स्थलहरुको भ्रमणको मुख्य स्थल सर्बेटार रहेको थियो । यस सर्बेटार धिमालहरुको राजकीय दरबार रहेको यस ठाउको नाम धिमाल शब्द साबाउ शब्द अपभ्रंश भएर बनेको (साबाउ) भनेको भेला बैठक गर्ने ठाउ भन्ने बुझाउछ । धिमालहरुको राज्य हुदा राज्य संचालन गर्न बैठक बस्न यस ठाउमा बोलाउने प्रचलन रहेको बताउछन धिमाल जातीय बिकास केन्द्रका पूर्व केन्द्रय अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य नगेन्द्र बहादुर धिमाल । यस्तो ऐतिहाँसिक भूमिमा अहिले यो दरबार भूमाफियाको हातमा परि प्लटिङ बन्न खोजेकोमा धिमाल जातीय बिकास केन्द्रका महासचिवले यस विषयलाई स्थानीय सरकार वा सम्बन्धित निकाय र धिमाल समुदाय जागरुक हुन आवश्यक रहेको बताए । थप्दै अझै पनि यो ठाउमा पुराना इँटाहरुका अवशेष पाइन्छ । त्यस्तै वि.संं.२०१२ सालमा किर्तिमान धिमालको नेतृत्वमा ढालफाँड गरी बसोबास गराएको बस्ती किर्तिमान, लेटाङ्ग बजार दक्षिण कमल धिमालको नेतृत्वमा ढालफाँड गरि बसोबास गराएको बस्ती कमलपुर, लेटाङ्ग बजार पश्चिम लोखरा पुर्व लक्ष्मी धिमालको बसोबास भएको स्थान लक्ष्मी थान, २०२५ साल अघि चिसाङ्ग पश्चिम लेटाङ्ग बजार रहेको स्थान जहाँ धिमालको ठुलो बस्ती रहेको थियो बताउछन स्थानीय मगर तथा तामाङहरु । यस्तै ऐतिहाँसिक स्थलहरु रानिपानी, हर्दिया, लोकरा लगायत भ्रमण सम्पन्न भएको थियो । स्थानको परिचय र सहजिकरण स्थानीय बासिन्दा हंसराज मगर संगै निर्वतमान अध्यक्ष नगेन्द्रबहादुर धिमाल, गणेशमान तेतेला धिमाल लगायत रहेका थिए ।

सम्बन्धित खवर