साइनो समाचारदाता
पथरी । बुद्ध माध्यमिक विद्यालय पथरिशनिश्चरे ८ मोरङको अभिभावकहरुको आम भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलाले तीन वर्षका लागि सुरेन्द्र चापागाईंलाई शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसम्मत् चयन गरेको छ । तुलशा याख्खा, पार्वता रोक्का, तेजिन्द्र पाण्डे र खेम बहादुर खड्कालाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको छ ।