जन्मोत्सबमा राज्य मन्त्रीले सम्बोधन गर्ने - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

जन्मोत्सबमा राज्य मन्त्रीले सम्बोधन गर्ने

साइनो समाचारदाता

माङसेबु(इलाम) । इलामको माङसेबुङमा साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह हुदैछ । शनिबार (आज) हुने समारोहमा प्रदेश नं १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले आउँदैछिन् ।

मूल समारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले समारोहको तयारी पूरा भएको बताए । समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, नुमाङगेन्ना सेवा, अभिनन्दन, मिक्तोक अर्पण साथै पवित्रहाङमा कपको पुरस्कार वितरण कार्यक्रम हुने समारोहका महासचिव काकीराम लाओतीले बताए ।
साझ माङगेन्ना मुन्धुम वाचन हुनेछ । यसका लागि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको संयोजकत्वमा १ सय ६४ माङसेवासाबा, माङसेवासामाबाट मुन्धुम वाचन गर्दै नाहेन लाङको आयोजना समेत गरिएको पान्जुम्भोका अध्यक्ष बलराम खजुमले बताए ।
साँझ बिबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसका लागि समारोहको सांस्कृतिक विभाग उपसमिति तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले नुमाङगेन्ना समारोहमा प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतिहरु सबै तयारी गरिसकेको साक्थिम्गेन पान्जुम्भोका सचिव आइन्द्र थेगिमले बताए ।

साँबा पवित्रहाङमा लिङ्देन

नुमाङगेन्ना सेवा समारोहको क्रममा बिहीबार साक्मुरा वादेम्मा, शुक्रबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको मूल समारोहका लाओतीले बताए । त्यसैगरी अङसीमामाङको जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप शुक्रबार सम्पन्न गरिएको खेलकुद विभाग किरात साम्यो हक्चात यक्चुकका अध्यक्ष मनकुमार आङबुहाङले बताएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि।स। २०१३ साल फागुन ३ गते भएको थियो ।

सम्बन्धित खवर