५४ हजार नगरवासीले औषधि सेवन गरे - Sainokhabar

५४ हजार नगरवासीले औषधि सेवन गरे

साइनो समाचारदाता
पथरी । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानको सातौ दिनसम्ममा ५४ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।्
पथरी शनिश्चरे नगरपालिकाबासीले सो संख्यामा औसधि सेवन गरेको गरिएका हुन् ।
हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ६ हजार ७० जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाएका छन् । सातौ दिनसम्ममा नगरका १० वडाका ५४ हजार २ सय ५७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ३ सय २९ जनाले आज औषधि सेवन गरेका छन् । नगरपालिकाको वडा नम्वर १ मा १ हजार ५३, २ मा ३ सय ७५, ३ मा ६ सय १८, ४ मा ५ सय ८१ र ५ मा ६ सय २६ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ६ सय ५१, ७ मा ४ सय ४५, ८ मा ४ सय १७, ९ मा ५ सय ३४ र १० मा ४ सय ४१जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । अब केहि बाकी रहेका ठाँउमा आइतबार औषधि खुवाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । अभियानको पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ र छैटौं दिन ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेका थिए ।

सम्बन्धित खवर

%d bloggers like this: