युमा साम्यो र मुन्धुम सम्बन्धी अन्तरक्रिया - Sainokhabar

युमा साम्यो र मुन्धुम सम्बन्धी अन्तरक्रिया

साइनो समाचारदाता

पथरी । युमा साम्यो महासभा नेपाल पथरीशनिश्चरे वडा नं. ३ र ७ संयुक्त तदर्थ समितिको आयोजनामा भेला सम्पन्न भयो । भेलामा युमा साम्यो र मुन्धुम सम्बन्धी अन्तरक्रिया भएको थियो ।

केन्द्रीय अध्यक्ष देबेन्द्रकुमार वनेमको प्रमुख आतिथ्यता रहेको भेलामा उपाध्यक्ष हर्क सुब्बा इजम, केन्द्रीय सदस्य चित्र वनेम फागो, केन्द्रीय सदस्य योबाहाङ याक्थुङबा तुम्बाहाङफे, सुनसरी जिल्ला अध्यक्ष नेत्र सौदेन, समाजसेवी बिक्रम फेम्बु र मुन्धुमी चुम्लुङका अध्यक्ष राजकुमार पालुङवाले मन्तव्य राखेका थिए । केन्द्रीय सदस्य दिल आङदेम्बेको संयोजकत्वमा भएको कार्यक्रममा साम्योका केन्द्रीय सचिव भीमसेन लिम्बूले सञ्चालन गरेका थिए । भेलाले अध्यक्षमा पदम तुम्बापो, उपाध्यक्षमा रनकुमारी आङदेम्बे, सचिवमा अनिता चेपाङ तुम्बापो, सहसचिवमा दिपक नेम्बाङ, कोषाध्यक्षमा कविता तुम्बापो छनोट गरेको छ । तारावीर नेम्बाङ र चिजबहादुर तुम्बाहाङफे सदस्यमा चयन गरेको भेलाले सल्लाहकारमा नरेन्द्र सेन्दाङ र कुमार सम्बाहाङफेलाई छनोट गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: