पथरीमा लोकसेवा कक्षा र कम्प्युटर तालिम सुरु - Sainokhabar

पथरीमा लोकसेवा कक्षा र कम्प्युटर तालिम सुरु

साइनो समाचारदाता

पथरी । २ महिने लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ । पथरी शनिश्चरेमा पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा तालिम सुरु भएको हो ।

नगर प्रमुख दिलीपकुमार राईबाट तालिमको उद्घाटन् गरेका छन । उनले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गरे । प्रति तालिमका लागि २ लाख ९० हजार रुपैयाँको नगरपालिका कार्यालयको बजेट अनुरुप कार्यक्रम अघि बढाइएको इन्स्टिच्यूटका निर्देशक युवराज चौंलागाईंले बताए । दुवै विधामा ५०५० जना सहभागि रहेका छन् । कम्प्युटरका लागि रुद्रमणि सिटौला र रजनी तामाङले तथा लोकसेवाका लागि गिरीराज भट्टराई, एकनाथ दहाल, सरोज सुवेदी र ज्ञानेन्द्र नेपालले सहजिकरण गर्नुहुनेछ ।

०७५ सालमा वडा नम्वर १ को पथरी बजारमा स्थापना भएको इन्स्टिच्यूटले लोकसेवा तयारी कक्षाका साथै कम्प्यूटर, अंग्रेजी भाषा, जापानीज भाषा, कोरियन भाषा, प्राइभेट एसइइ र प्लस टु, आइइएलटीएस, ट्यूशन कक्षा सञ्चालन गर्दै आएको छ । यसले सीटीइभीटीका तालिमहरु समेत सञ्चालन गरेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: