महिला उद्यमी बनाउन ढाका तालिम - Sainokhabar

महिला उद्यमी बनाउन ढाका तालिम

साइनो समाचारदाता

पथरी । नगरको महिलाहरुलाई उद्यमी बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले तालिम सुरु गरेको ।

नगरका महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको हो । वडा नम्वर ९ मा भएको तालिम नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन गरिन् । ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा उनले जोड दिइन् । वडास्तरीय प्रगतिशील ढाकातान तालिम समितिको आयोजनामा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको बजेटमा कार्यक्रम थालिएको हो ।

सम्बन्धित खवर

%d bloggers like this: