राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानः नगरमा ४८ हजारले औषधि सेवन गरे - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानः नगरमा ४८ हजारले औषधि सेवन गरे

साइनो समाचारदाता

पथरी । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियन पथरी शनिश्चरेसहित मोरङको विभिन्न पालिकाहरुमा जारी छ । पथरी शनिश्चरे नगर भने क्षेत्रमा भने अभियान छैटौं दिनमा ४८ हजारले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जन स्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । छैटौं दिनसम्ममा नगरका १० वडाका ४८ हजार १ सय ८७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ४ सय ६८ जनाले औषधि सेवन गरेका छन् । हिजो वडा नम्वर १ मा ३ हजार ८ सय ५०, २ मा ६ सय ९९, ३ मा ४ सय ८४, ४ मा ४ सय ९५ र ५ मा ६ सय ४७ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ५ सय २९, ८ मा ४सय ४०, ९ मा ५ सय ९ र १० मा ४ सय ७ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ जनाले औषधि सेवन गरेका थिए ।

सम्बन्धित खवर