पथरी उद्योग वाणिज्य संघको कार्यलय शिलान्यास फागुन ५ मा - Sainokhabar

पथरी उद्योग वाणिज्य संघको कार्यलय शिलान्यास फागुन ५ मा

साइनो समचारदाता पथरी/ पथरी उद्योग वाणिज्य संघले आफ्नै कार्यालय बनाउने निश्चित भएको छ । संघले फागुन ५ गते १७ औं साधारणसभाकै अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालबाट भवन शिलान्यास गर्ने भएको हो ।


गत वर्ष ५३ लाख रुपैयाँमा खरिद गरेको ३ कठ्ठा क्षेत्रफलमा संघले आफ्नो कार्यालय भवनको शिलान्यास गर्ने भएको छ । ४ करोड ५० लाख रुपैयाँको लगानिमा पार्किङ सहितको ४ तले भवन निर्माण हुने संघका अध्यक्ष दिपक बस्नेतले बताए ।
उद्योग वाणिज्य संघको भवनमा कार्यालयको अलावा सुविधा सम्पन्न अतिथि सदन र हलको व्यवस्था हुने बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ब्यापारीलाई बढि भन्दा बढि सुबिधा दिदै आएको पथरी उद्योग वाणिज्य संघले फागुन भित्रै पथरी बजारमा कर कार्यालयको ब्यावस्थापन गर्ने भएको छ ।
फागुन ५ गते हुने १७ औं साधारण सभामा भवन शिलान्यासका साथै तीन दशक लामो संघको जीवनदर्पण सङ्गृत स्मारिका लोकार्पणको तयारी गरिएको संघका अध्यक्ष बस्नेतले जनाउनु भयो । सिन भिलेज पार्टी प्यालेसमा हुने साधारण सभाको उद्ध्घाटन र भवनको शिलान्यास निर्वाचन क्षेत्र नं. ३ का सांसद एवम् संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको गनुहुने भएको छ ।

सम्बन्धित खवर