हात्तीपाईलेको औषधी खुवाउन वडाध्यक्ष नै सकृय, ४८ हजार पुगे औषधी खाने - Sainokhabar

हात्तीपाईलेको औषधी खुवाउन वडाध्यक्ष नै सकृय, ४८ हजार पुगे औषधी खाने

साइनो समचारदाता पथरी/  मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको आज छैटौं दिनमा ४८ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।
हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत आज ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । छैटौं दिनसम्ममा नगरका १० वडाका ४८ हजार १ सय ८७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ४ सय ६८ जनाले औषधि सेवन गरेका छन् ।


आज वडा नम्वर १ का वडाध्यक्ष बाबुराम एङदेन आफैले वडा बासिको घर घरमा गएर औषधी खुवाउदा ३ हजार ८ सय ५० औषधी सेवन गर्नेको संख्या पुगेको छ ।, २ मा ६ सय ९९, ३ मा ४ सय ८४, ४ मा ४ सय ९५ र ५ मा ६ सय ४७ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, ७ मा ५ सय २९, ८ मा ४सय ४०, ९ मा ५ सय ९ र १० मा ४ सय ७ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ । पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ जनाले औषधि सेवन गरेका थिए । नगरमा हात्तिपाईले उन्मुलन गर्न नगर भित्रका कर्मचारी, संचारकर्मी, जनप्रतिनिधी, शिक्षक, राजनितिककर्मी, स्वास्थकर्मी लगायत सबै नगरबासी एक जुट भएका छन ।

सम्बन्धित खवर