महासंघको माग - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

महासंघको माग

साइनो समाचारदाता

दमक । नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघ दमक बहुमुखी क्याम्पस झापाले क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा सात दिनको अल्टिमेटम दिइएको छ ।

सोमबार महासंघ अध्यक्ष सन्जय इङ्नामको नेतृत्वमा र्याली सहित ३ बुद्धे ज्ञापन पत्र क्याम्पस प्रमुखलाई बुझाएको हो । ‘हामीहरुले पाउनुपर्ने अधिकारबाट पटक पटक स्वबियू र क्याम्पस प्रशासनले बन्चित गराएको छ ।’ र्यालीलाई सम्बोधन् गर्दै अध्यक्ष इङनामले भने, ‘अझै पनि हामीलाई यसरी नै हेपिरहने हो भने हामी पनि नसहने, खुलेर बिरोध गर्नेछौं ।’ स्वबियु कार्याबाहक अध्यक्ष रोशन भण्डारी साथै पदाधिकारी नभेटेपछि महासंघले स्वबियुको कार्यलय मै आफ्नो ज्ञापनपत्र टाँसेका छन ।

महासंघको माग

१.मिति २०७५ सालमा फारम भरेको बिद्यार्थीहरुको अन्तरबार्ता गरि ७ दिन भित्र नाम प्रकाशित गरियोस ।
२.आदिवासी जनजाति बिद्यार्थी महासंघको कार्य्िबधी अन्तर्गत रहेर बितरण गरियोस ।
३. स्वबियुले आदिवासी बिद्यार्थीहरुको हक र अधिकार कुण्ठित हुने गरि हस्तक्षेप अन्त्य गरियोस ।

सम्बन्धित खवर