पीपीआरको निःशुल्क खोप - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

पीपीआरको निःशुल्क खोप

साइनो समाचारदाता

पथरी । बाख्राहरुमा पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । प्रदेश नम्बर १ को पथरी शनिश्चरे नगरपालिकामा खोप लगाउने कार्यक्रम सुरु भएको हो ।

नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफू पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउँ’ भन्ने अभियानका साथ वडा नम्वर १० को पशुपतिनगर टोलबाट खोपको सुरुवात भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरमा पशुपालन व्यवसायको प्रवद्र्धनमा नगरपालिका लागिरहेको वताइन् । पथरी सहकारी संस्था लिमिटेडको संयोजन र नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन थालिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । अन्य वडामा आजदेखि (माघ २९ गते) देखि पीपीआरको खोप अभियान सञ्चालन गरिने पनि दहालले बताए । त्यसपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ ।

सम्बन्धित खवर