उद्योग वाणिज्यमा कांग्रेसको जित - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

उद्योग वाणिज्यमा कांग्रेसको जित

साइनो समाचारदाता

लेटाङ । उद्योग वाणिज्य संघ लेटाङ्ग, मोरङको २३ औं वार्षिक साधरण सभा एवं निर्वाचनमा नेपाली कांग्रेसले बर्चस्व कायम गरेको छ । महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ सानेको पुरै प्यानल नै विजयी भएको हो । उनले कुल मत ४ सय ६७ मध्ये श्रेष्ठले २ सय ६६ मत प्राप्त गरी विजय भएको हो । श्रेष्ठका स्पर्धी मित्र प्रसाद विमलीले १ सय ८६ मत मात्र प्राप्त गरे ।

निर्वाचन संयोजक दिपक चन्द्र राईका अनुसार वरिष्ट उपाध्यक्षमा २ सय ३० मत ल्याएर अंशुपति विस्वास विजयी भए । प्रतिस्पर्धी गजेन्द्र ठकुरीले २ सय मात्र प्राप्त गरे । महासचिवमा फरक समुहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजय भए । अर्का प्रतिद्वन्दी ढक बहादुर श्रेष्ठले भने २ सय १० मत प्राप्त गरेका छन् । उद्योग सचिवमा विजयी कुबेर पौडेलले २ सय २४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी टेक बहादुर श्रेष्ठ उमेशले भने १ सय ९२ मत प्राप्त गरेका छन् । साथै वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २ सय २५ मत प्राप्त गरी प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्ग (१ सय ८४ मत) लार्य पराजित गरेका हुन् । निर्मल कुमार दाहाल २ सय ४०, मञ्जुला ठाकुर २ सय ४७, दमयन्ती सुब्बा २ सय ६२ र हरिनारायण चौधरी २ सय ५४ मत ल्याएर सदस्य पदमा विजयी भएका छन् । संघको निर्वाचनमा ५ जना भने सर्बसम्मतिले चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ, क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत भएका छन् ।

सम्बन्धित खवर