विशाल नाल्बो
हातमा आँधी बोकेर आइपुगेको छ गुलाब
फक्रिरहेछ बन्दुकको नोक माथि
मुस्कानको कोपिला
हैरान छ पैंतालाले देखाएको आँट
संकटमा उँभेको छ मुटुको धरातल।
तर पनि केहीं हुनेवाला छ
के हुनेवाला छ?
एक छिन् थर्थराउने छ हातको औंली
चुपचाप चुपचाप बस्ने छ ओंठको भाषा
कायर बनेरै छोड्ने छ मन
र फ्याक्नु खोज्ने छ डस्पिनमा गुलाब।
तर कसैगरी डरपोक भने हुन दिने छैन आँटलाई।
र एक छिन पछि शालीन हुने छ आँधी
हावा जसको कानमा केही भनी राखेंको हुने छ गुलाबले।