वियलको सदिक्षा - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

वियलको सदिक्षा


देउमाई नगरपालिका ९ जितपुर चिसापानी इलामका वियल राई पेशाले पत्रकारिता गर्छन् । उमेरले २३ वर्ष पुगेका उनी सुरुमा विराट एफएम विर्तामोडमा समाचार बाचन गरे । त्यसपछि दमकको पाथीभरा एफएम हुदै हाल मोरङको उर्लाबारीमा रहेको प्राइम एफएम कार्यरत छन् ।


गायिका रजनी रिदम राईको गीत ‘रित्तो रित्तो खाली खाली…’गीतमा सध्या लिम्बुसँग फिचरिङ गरेपछि वियल राई पत्रकारिताको अलबा मोडलिङमा पनि डेब्यु गरेका छन् । त्यसपछि चन्द्र श्रेष्ठको गीत ‘आइ लभ यु…’ मा छाएका छन् । राईले ३ म्यूजिक भिडियो २ दर्जन सर्ट मुभिमा जीवन्न अभिनय गरेका छन् ।


उनको म्यूजिक भिडियो र सर्ट मुभि युट्युबमा सार्वजनिक भएको छ । केही सार्वजनिक हुन बाकी रहेको छ । नयाँ तरिका र सोचले अभियनमा अगाडि बढने रुचि छ उनको । ‘मोडलिङमा जम्ने रहर छ ।’ उनले भने, ‘अवसर मिले साना तथा ठूला फिल्ममा पनी काम गर्ने रहर तथा सोच छ ।’

–फिपराज बेघा

सम्बन्धित खवर