कांग्रेसले नेवि संघमा ७ पदाधिकारी थप्यो - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

कांग्रेसले नेवि संघमा ७ पदाधिकारी थप्यो

साइनो समाचारदाता

काडमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेवि संघ) केन्द्रीय तदर्थ समितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल(रुपन्देही)लाई मनोनित गरेको छ ।

माघ १९ गते मूख्य सचिब कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै उस्ले दुई उपसभापति र पाँच महामन्त्रीलाई मनोनीत गरेको जनाएको छ । दिपक भट्टराई(तनहूँ), उर्मिला थपलिया (धार्दिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेब तिमल्सीना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा)लाई महामन्त्रीमा मनोनीत गरेको हो । यस अघि कांग्रेसले माघ १६ गते राजिब ढुंगाना(सुनसरी)लाई नेवि संघको अध्यक्षमा मनोनीत गरेको थियो ।

सम्बन्धित खवर