सुकुम्बासीहरुको वडास्तरीय भेला तथा तथ्याङ्क संकलन कार्यक्रम - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

सुकुम्बासीहरुको वडास्तरीय भेला तथा तथ्याङ्क संकलन कार्यक्रम

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका भित्र रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समितिले वडास्तरीय भेला तथा तथ्याङ्क संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर ८ र ९ मा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुकोहरुको समस्या र समस्या निराकरणका विषयमा र वडामा रहेका सुकुम्बासीहरुको तथ्याङ्क संकलनका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समितिका अध्यक्ष मौसम लिम्बुले ६ भित्रमा दुई तिहाईको सरकारले जोत भोग तथा बसोबासको आधारमा विना राजश्व शुल्क लाल पुर्जा वितरण नगरिए चरण बद्ध आन्दोलनको घोषणा गरिने बताएका छन् । आन्दोलनमा सबै सुकुम्बासीहरुलाई आएर आफ्नो अधिकार खोज्न आह्वान उनले गरे । समितिका उपाध्यक्ष ज्ञान बहादुर राईले सघर्षरत समिति फुट्यो भन्ने हल्ला निराधार रहेको र वास्तविकता भने नगरपालिकाले सहजीकरणको लागि सुकुम्बासी तथा अव्यवस्थित नगर पहल समिति गठन गरी नगरपालिका बचाउने अभियानमा लागेको हुँदा सुकुम्बासी तथा अव्यवस्थितको तर्फवाट बनेको सघर्ष समिति फ्ट्यो भन्नु आपत्तिजनक भएको बताए । कार्यक्रमका सभापति तथा संघर्ष समिति वडा नम्बर ९ का संयोजक उदय लिम्बले नगरपालिकाले विभिन्न आयोग गठन गरी लालपुर्जा दिन्छौँ भनी प्रतिघर ५ सय उठाएको तर पुर्जा नदिएकाले सो रकम नगरपालिकाले फिर्ता गर्नुपर्ने अन्यथा नगरपालिका घेराउ गर्नुपर्ने अवस्था आउने भन्दै आक्रोस पोखेका छन । संघर्ष समितिले केहि हप्ता अगाडिबाट नगरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङ्क संकलन गरिसकेको छ । हालसम्म वडा नमबर १० बाट अनुमानित ७ सय भन्दा बढी घरधुरीको तथ्याङ्क संकलन गरिसकिएको छ । वडा नम्बर ८ र ९ मा अनुमानित ३ सय घरधुरीको तथ्याङ्क संकलन गरिएको बताइएको छ । अन्य वडाहरुमा तथ्याङ्क संकलन जारी रहेकाले निःशुल्क नाम टिपाउन संघर्ष समितिले अनुरोध गरेको छ । सघर्ष समितिका युवा संयोजक सुदेशचन्द« मण्डलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव कुवेरमान घतानीले गरेका थिए ।

कार्यक्रम सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा सघर्ष समिति वडा नम्बर ९ का संयोजक उदय लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो । सभापतित्व, सघर्ष समिति अध्यक्ष मौसम लिम्बुको प्रमुख आतिथ्यमा सम्पन सो कार्यक्रममा

सम्बन्धित खवर