विराटनगरमा ‘महाभोज’ - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

विराटनगरमा ‘महाभोज’

साइनो समाचारदाता

विराटनगर । मण्डला थिएटर नेपालले चर्चित नाटक महाभोजलाई आगामी २०७६ माघ २२ र २३ गते प्रदेश नंं. १ को राजधानी बिराटनगरमा मञ्चन गर्ने भएको छ । प्रदेश सरकार, प्रदेश नं. १ को सहयोगमा र स्थानीय आरोहण गुरुकुल, लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मञ्चन हुने भएको हो ।

भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई मञ्चन गरिने भएको हो । अनुप बराल निर्देर्शित नाटक महाभोजमा रमेश बुढाथोकी, शेखर चापागाइँ, दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, बिजय बराल, विप्लव प्रतीक लगायतको अभिनय रहेको छ । प्रसिद्ध भारतीय लेखिका मन्नु भण्डारीद्वारा लिखित नाटक महाभोज पछिल्लो समयको अत्यन्तै चर्चित र प्रशंसित नेपाली नाटक हो ।

सम्बन्धित खवर