साइनो समाचारदाता
तेह्रथुम । जिल्लाको छथर गाउपालिका वडा न ५ शुन्य असुरक्षित गर्भपतन वडा घोषणा तथा प्रतिवद्दता घोषण कार्यक्रम सम्पन भएको छ ।
वडा अध्यक्ष पुन्य प्रसाद ढकालको अध्यक्षता छथर गाउपालिका उपाध्यक्ष तारा खरेल ढकालको प्रमुख आतिथ्यता घोषणा गरिएको हो । कार्यपालिका सदस्य तथा प्रवक्ता राजन नेपाली, समृद्ध तेह्रथुमका लागि अभियानका निर्देशक, लक्ष्मि नारायण मिश्र, कार्यपालिका सदस्य कमला नेपाली, वडा सदस्यहरु बुद्धराज ठकुरी, बन्दना लिम्बु, स्वास्थ्य शाखा प्रमुख सन्जित रसाइली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । ‘महिलाको सु–स्वास्थ्य तेह्रथुमवासीको शान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभियान’ नाराको साथ असुरक्षित गर्भपतन वडा घोषणा तथा प्रतिवद्दता घोषण कार्यक्रम भएको हो ।