राष्ट्रपति रनिङशिल्ड माघ २७ देखि - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

राष्ट्रपति रनिङशिल्ड माघ २७ देखि

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालय प्रदेश नम्बर १ ले माघ २७ देखि स्थानीय तहस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

विहीबार बसेको शिक्षा समितिको बैठकले प्रतियोगिता माघ २९ सम्म पञ्चायत माध्यामिक विद्यालयमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको व्यवस्थापन तथा निर्देशनका लागि नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमाः, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, इलाका प्रहरी कार्यालयका प्रतिनिधि अनीलकुमार पौडेल, जिल्ला खेलकुद समितिले तोकेको प्रतिनिधि मणि लिम्बू, शिक्षकहरु दीपेन्द्र धमला, भूमिका मगर, चुडामणि भट्टराई, वीना राई चयन गरको छ । जिल्ला खेलकुदले तोकेको प्रशिक्षक सहितका ३ जना सदस्य पनि रहने छन् । सदस्य सचिवमा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीलाई चयन गरेको छ ।

सम्बन्धित खवर