ताप्लेजुङको थेचम्बुमा युमा साम्योको सम्मेलन - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

ताप्लेजुङको थेचम्बुमा युमा साम्योको सम्मेलन

साइनो समाचारदाता

ताप्लेजुङ । पाथीभरा–याङवरक गाउँपालिकास्तरीय युमा साम्योको प्रथम सम्मेलन ताप्लेजुङको थेचम्बुमा सम्पन्न भयो ।

तुम्याहाङ लक्ष्मण मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन औपचारिक रुपमा शुरु हुनअघि विभिन्न साँस्कृतिक झाँकीहरु सहित बजार परिक्रमा गरिएको थियो । युमा धर्म, मुन्धुम र युमा साम्यो महासभाका सम्बन्धमा तुम्याहाङ लक्ष्मण मेन्याङबो, देव इजम, जगतबहादुर योङहाङ, एसबी ताप्मादेन, छत्र माबोहाङ, भीमसेन लिम्बू लगायतले मन्तव्य राखेका थिए बक्ताहरुले पहिलादेखि मानिल्याइएका धर्म, संस्कार, संस्कृतिहरुको निरन्तरता दिँदै मौलिक धर्मका रुपमा युमा धर्म भन्न, लेख्न र लेखाउन जोड दिएका थिए ।

सम्बन्धित खवर