रेडियो प्रशारक संघ धनकुटामा खवास - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

रेडियो प्रशारक संघ धनकुटामा खवास

साइनो समाचारदाता 

धनकुटा । जिल्लामा सञ्चालित सामुदायिक रेडियोको प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति धनकुटा गठन गरिएको छ ।

बुधबार संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा सम्पन्न सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले रेडियो लालीगँुरासका स्टेशन मेनेजर विदुर खवासको अध्यक्षतामा ४ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा रेडियो मकालु धनकुटाका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौधरी र रेडियो धनकुटाका स्टेशन मेनेजर सन्तोष कुमार राई रहेका छन् ।

जिल्लामा सञ्चालित सामुदायिक रेडियोहरु दिन प्रतिदिन आर्थिक हिसाबले धराशायी बन्दै गएकाले ती रेडियोहरुको क्षमता अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनको लागि अगाडी बढ्ने संयोजक विदुर खवासले जनाए ।

सम्बन्धित खवर