‘बेलबारी ८ मा खुल्ला चिडियाखाना बनाउ’ - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

‘बेलबारी ८ मा खुल्ला चिडियाखाना बनाउ’

साइनो समाचारदाता

बेलबारी । सिंहदेबी क्षेत्रलाई खुला चिडियाखाना निर्माणका लागि प्रदेश सरकारबाट निर्णय गरी काम अगाडि बढाउन जनस्तरबाट अनुरोध गरेको छ ।

खुल्ला चिडियाखाना निर्माण पहल समिति बेलबारी ८ मोरङले सर्वपक्षीय छलफलको आयोजना गरी उधोग पर्यटन बन वातावरण राज्य मन्त्री विजय विश्वासलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो । चिडियाखाना प्रदेश सरकारले निर्माण गर्दैछ । सो को लागि झापा, मोरङ र सुनसरीको तीन स्थानमा विज्ञको टोलीले सम्भाव्यता अध्ययन गरेको छ । सो टोलीले सिंहदेबीमा पनि अध्ययन गरिसकेको छ । समितिको दाबीअनुसार सवैभन्दा उत्तम क्षेत्र सिंहदेबीलाई विज्ञ टोलीले सिफारिस छ ।

SAMSUNG CAMERA PICTURES

मंगलबार समितिले राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य, राज्यमन्त्री, बन समूहका प्रतिनिधिहरुसँग छलफल गरेको हो । सिंहदेवी सामुदायिक बन उपभोक्ता समूहको कार्यालयमा भएको छलफलमा वडा नम्बर ८ का अध्यक्ष धनपति गौतम, पहल समितिका सदस्य टेकबहादुर विष्टले दुर्गामी महत्वका साथ प्रदेशकै उत्कृष्ट चिडियाखाना बनाउने उद्देश्यले अवधारणा ल्याएको बताएका छन् । डीपी राईले प्राकृतिक रुपमा प्राणी राख्ने स्थान भएको, राजमार्ग नजिक, पानीको स्रोत भएकाले खुला चिडियाखाना नमुना कार्यक्रमको रुपमा अगाडि सारेका बताएका छन् । प्रदेश सभा सदस्य सुर्यमाराज राईले खुल्ला चिडियाखाना प्रोजेक्टलाई सहयोग र समर्थन गर्ने जनाए ।

उधोग पर्यटन बन वातावरण राज्य मन्त्री विजय विश्वासले पर्यावरणलाई असर नगर्ने गरी मानब जीवनलाई असर नपर्ने गरी केही निश्चित भूगोललाई समेटर खुला चिडियाखान बनाउन लागेको त्यसको लागि सरकारले अध्ययन गरिरहेको जनाए । ‘खुला चिडियाखाना राख्न जंगलको क्षेत्रफल, जनावरले खाने घास, जनवार वस्ने ठाउँ, जनावरलाई चाहिने पानी, पानीको मुहान÷स्रोत सम्पूर्ण कुराहरु भरिपूर्ण हुदा खेरि मात्रै खुल्ला चिडियाखाना राखिने अवस्था हो ।’ उनले स्थानीयलाई आश्वसान दिए, ‘सिंहदेबी बन भित्र खुल्ला चिडियाखाना राख्न सम्पूर्ण रुपले भरिभराउ छ कि छैन ? यो फाइनल भइसके पछाडि प्रदेश सरकारले खुल्ला चिडियाखाना बनाउनको निमित्त केहि समयपछाडि थाहा पाउनुहुनेछ ।’ मन्त्री विश्वासले क्याविनेटमा छलफल भएपछाडि आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने आश्वसन दिएका छन् ।

विश्वास हालै दोस्रो पटक विस्तारित प्रदेश सरकारको मन्त्री मण्डल विस्तारमा राज्य मन्त्रीमा नियुक्ति भएका हुन् । विश्वास नेकपा(माओवादी केन्द्र)बाट मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट १८ हजार २ सय ८९ मत पाएर निर्वाचित भएर सांसद भएका थिए । उनलाई सो अवसरमा बधाई तथा शुभकामना समेत व्यक्त समेत गरिएको थियो ।

सम्बन्धित खवर