बास्केटबलको उपाधि विकेभिएमलाई, भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

बास्केटबलको उपाधि विकेभिएमलाई, भलिबलको फाइनलमा कोशी र लर्डबुद्ध

साइनो समाचारदाता

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत बास्केट बलको उपाधि विकेभिएम कलेजले जितेको छ ।

मंगलबार बिकेभिएमले सुन्दरहरैचाको व्राइट प्mयुचरलाई ३६–३४ अंकले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलको म्याच अफ द फाइनल विकेभिएमका वरदान चालिसे घोषित भए । चालिसे म्यान अफ द सिरिज समेत घाषित भए ।

भलिबल छात्रातर्फ कोशी मल्टीपल कलेज र लर्डबुद्ध कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले मेरिल्याण्ड कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा दोस्रो खेलमा लर्डबुद्ध कलेजले शिक्षा दीप कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।

सम्बन्धित खवर