साइनो समाचारदाता
धनकुटा । लिम्बू पत्रकार संघ धनकुटाको दोस्रो अधिवेशन धनकुटामा विहीबार सम्पन्न भएको छ ।
अधिवेशनले प्रेमा मादेम्बाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर आङ्ला, सचिवमा विनु चेम्जोङ, कोषाध्यक्षमा चन्द्रकला लिम्बू र सदस्यहरुमा आशिष लावती, गीता चेम्जोङ र दिवा चेम्जोङ छन् ।
संघको केन्द्रीय प्रतिनिधिमा तील बिक्रम चेम्जोङ, चन्द्रसिं नेम्बाङ, हिमा चेम्जोङ र वालिका मादेन छन् ।