गाउँपालिकाको कार्यलाय, स्कोर्पियो र जेसिबिमा आगजनी - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

गाउँपालिकाको कार्यलाय, स्कोर्पियो र जेसिबिमा आगजनी

साइनो समाचारदाता

बैतडी । अज्ञात समूहले जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी गरेको छ ।

बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको वताइको छ । गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ । त्यस्तै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ । गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए ।

डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसर कुकर बम फेला परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न सकेको छैन । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको बिषयमा लामो समयदेखिको विवाद कायमै छ । राज्य पुनर्संरचनाका क्रममा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भएपनि हाल सम्पूर्ण कामकाज वडा नं ३ वाट हुँदै आएका छन्। नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ ।

सम्बन्धित खवर