संघको दोस्रो अधिवेशन, येक्तेन निर्वाचित - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

संघको दोस्रो अधिवेशन, येक्तेन निर्वाचित

साइनो समाचारदाता

पाँचथर । लिम्बू पत्रकार संघ पाँचथर शाखाको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबशेनले उपेन्द्र येक्तेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्बा्चित गरेको हो ।

फिदिमस्थित होटल युकेको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा नुनाम केरुङ, सचिव प्रिय योङहाङ र कोषाध्यक्षमा रजनी हाङसरुम्बालाई निर्बा्चित गरेको छ । कार्य समिति सदस्यमा यमा सम्झना योङहाङ, युवेन जबेगु, सुजा सम्बाहाम्फे, चन्द्रकला नेम्बाङ, विश्वराज आङदेम्बे, खेसेला योङहाङ, सुष्मा हाङसरुम्बा, मौसम सम्बाहाम्फे र सुनिता खजुम निर्बा्चित भए । केन्द्रीय प्रतिनिधिमा नारायण तुम्बापो, भकेन्द्र लाओती, कविता थाम्सुहाङ, घनेन्द्र केरुङ, निशा लोवा, देविका योङहाङ र एल.बी.लाओती चयन भएका छन् ।

अधिवेशनको उद्घाटन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले गरेका थिए । अधिवेशनमा लिम्बू पत्रकार संघका केन्द्रीय उपाध्यक्ष बिजयबोध लाओती, महासचिव मिलन लिम्बू, सचिव दिनेश सुब्बा र केन्द्रीय सदस्य सन्देश सुब्बाको सहभागिता रहेको थियो । संघको महाधिवेशन यहिं फागुन पहिलो हप्ता सम्पन्न गरिने महासचिव मिलन लिम्बूले बताए ।

सम्बन्धित खवर