चारजना राज्य मन्त्रीद्वारा सपथ ग्रहण - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

चारजना राज्य मन्त्रीद्वारा सपथ ग्रहण

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् २३ महिनापछि आइतबार विस्तार गरिएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा चारजना राज्य मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले विस्तार गरेको मन्त्रिपरिषद्मा अम्बिरबाबु गुरुङ, रामबहादुर राना, जसमाया गजमेर (विश्वकर्मा) र विजयकुमार विश्वास नियुक्ति गरेका हुन् । गजमेरलाई सामाजिक विकास मन्त्रालय, गुरुङलाई भौतिक पूर्वाधार, रानालाई भूमि कृषि तथा सहकारी मन्त्रालय र विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

२०७४ साल फागुन ३ गते मन्त्रिपरिषद् गठन भएको थियो । ७ वटा मन्त्रालयमा २ मन्त्रालय नेतृत्वविहीन छ । कृषि, भूमि व्यवस्था तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय नेतृत्वविहीन छ । जसको नेतृत्व मुख्य मन्त्रीले सम्मालेका छन् । तर आज दोस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा सो मन्त्रालयको नेतृत्वलाई मूख्यमन्त्री राईले नियुक्ति गरेका छैन । गुरुङ ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट १८ हजार ९ सय ८ मत ल्याएर एमालेबाट निर्वाचित भएका थिए । विश्वास नेकपा(माओवादी केन्द्र)बाट मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट १८ हजार २ सय ८९ मत पाएर निर्वाचित भएर सांसद भएका थिए । राना भने इलाम निर्वाचन क्षेत्र नम्बर २(१)बाट निर्वाचित भएका हुन् । उनले एमालेबाट १९ हजार ८ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् । झापाकी गजमेर भने एमालेबाट समानुपातिक सांसद भएकी थिइन् ।

सम्बन्धित खवर