आज प्रदेश १ को मन्त्रिपरिषद् विस्तार हुदै - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

आज प्रदेश १ को मन्त्रिपरिषद् विस्तार हुदै

साइनो समाचारदाता

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् आज विस्तार हुदैछ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा ३ वजे पछि सपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईले विस्तार गरेको मन्त्रिपरिषद्मा अम्बिरबाबु गुरुङ, रामबहादुर राना, जसमाया गजमेर (विश्वकर्मा) र विजयकुमार विश्वास नियुक्ति हुदैछन् । मुख्यमन्त्री राईको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ प्यासीले चार नयाँ राज्यमन्त्रीहरु नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव गोपीप्रसाद घिमिरेले विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीले सिफारिश गरेका चार राज्यमन्त्रीलाई नियुक्ती गरेको जानकारी गराएका छन् ।गजमेरलाई सामाजिक विकास मन्त्रालय, गुरुङलाई भौतिक पूर्वाधार, रानालाई भूमि कृषि तथा सहकारी मन्त्रालय र विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

२०७४ साल फागुन ३ गते मन्त्रिपरिषद् गठन भएको थियो । ७ वटा मन्त्रालयमा २ मन्त्रालय नेतृत्वविहीन छ । कृषि, भूमि व्यवस्था तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय नेतृत्वविहीन छ । जसको नेतृत्व मुख्य मन्त्रीले सम्मालेका छन् । तर आज दोस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा सो मन्त्रालयको नेतृत्वलाई मूख्यमन्त्री राईले नियुक्ति गरेका छैन । गुरुङ ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट १८ हजार ९ सय ८ मत ल्याएर एमालेबाट निर्वाचित भएका थिए । विश्वास नेकपा(माओवादी केन्द्र)बाट मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट १८ हजार २ सय ८९ मत पाएर निर्वाचित भएर सांसद भएका थिए । राना भने इलाम निर्वाचन क्षेत्र नम्बर २(१)बाट निर्वाचित भएका हुन् । उनले एमालेबाट १९ हजार ८ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् । झापाकी गजमेर भने एमालेबाट समानुपातिक सांसद भएकी थिइन् ।

सम्बन्धित खवर