अन्ततः अग्नि सापकोटा नै सभामुख ! - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

अन्ततः अग्नि सापकोटा नै सभामुख !

साइनो समाचारदाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्ततः अग्नि सापकोटालाई सभामुख बन्ने पक्कापक्की भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ । यसअघि सभामुखमा सुवास नेम्बाङ, डा.शिबमाया तुम्बाहाम्फेलगायतको नाम चर्चामा थियो । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए । सहमति जुटे लगत्तै ४ वजे पार्टीको सचिबालयको बैठक बोलाइएको छ ।

को हुन् सापकोटा ?

सिन्धुपाल्चोक–१ मा माओवादी केन्द्रका अग्नी सापकोटा ४० हजार ५४ मत ल्याएर निवार्चित भए सूचना तथा सञ्चार मन्त्रालयसमेत समालिसकेका सापकोटाको जन्म ७ मार्च १९५८ भएको थियो । पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। २०३० सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए । माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए ।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए ।

सम्बन्धित खवर