प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएकोमा काँग्रेसको आपत्ति - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएकोमा काँग्रेसको आपत्ति

साइनो समाचारदाता

काठमाडौं । प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा आपत्ति जनाएको छ ।

पुस २७ गते प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद् भएको जनाएको छ । ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुःखद छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’

संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ ितर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायांमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको काँग्रेसको ठहर छ । उस्ले अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराएको छ ।

सम्बन्धित खवर