हेटौडा अब स्थायी राजधानी - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

हेटौडा अब स्थायी राजधानी

साइनो समाचारदाता

हेटौडा । प्रदेश सभा प्रदेश नम्बर ३ हेटौडा मकवानपुरले हेटौंडालाई स्थायी राजधानी बनाएको छ । यस अघिको सरकारले हेटौडालाई अस्थायी राजधानी तोकिएको थियो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ । हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनु पर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए । समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा (संयुक्त) लगायत ६ दलका सांसद थिए । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।
१ सय १० सदस्य रहेको प्रदेश सभामा मतदानका लागि १ सय ८ जना मात्रै सहभागी थिए ।

सम्बन्धित खवर