स्वास्थ्य संयोजकको पहलमा आधुनिक उपकरण प्राप्त - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

स्वास्थ्य संयोजकको पहलमा आधुनिक उपकरण प्राप्त

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी नगर अस्पताललाई १६ लाख मूल्य बराबराको अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग प्राप्त भएको छ । नगरका सेवाग्राहीलाई आफ्नै ठाँउमा उचित स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पर्ने उपकरण स्वास्थ्य संयोजक मुरारी आचार्यको पहलमा वर्क फर नेपालले सो उपकरण प्रदान गरेको हो ।

हाइ केयर विरामी उपचार शय्या, अत्याधुनिक डेलिभरी बेड, अत्याधुनिक विरामी जाँच टेवल, एम्वुलेटरी केयर बेडलगायत स्वास्थ्य सामाग्री अस्पतालले प्राप्त गरेको छ । नगर, जग्गा दाता, राजनीतिककर्मी, हेल्पिङ हेन्डलगायत सबैको सकरात्मक भूमिकाले उपकरण नगर अस्पतालले प्राप्त गर्न सफल भएको स्वास्थ्य संयोजक आचार्यले बताए ।

५० बेडको अस्पतालको रुपमा विकास हुदै गरेको नगर अस्पतालमा अमेरिकन प्रविधिबाट निर्मित स्वास्थ्य सामाग्रीको प्रयोगले सेवाग्राहीहरु लाभान्वित हुनेछन् ।

सम्बन्धित खवर