६० जनाद्वारा रक्तदान - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

६० जनाद्वारा रक्तदान

साइनो समाचारदाता

पथरी । स्थानीय लर्ड बुद्ध साकोसले नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा १ दिने खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साविक डिभिजन सहकारी कार्यालय, मोरङमा संस्था दर्ता भएको दिनको सम्झना स्वरुप हरेक पौष २५ गते रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्था २०६२ पौष २५ गतेक दर्ता भएको थियो । रक्तदान कार्यक्रममा जम्मा ६० जना रक्तदाताहरुले रगत दान गरेका थिए ।

सोही अवसरमा साकोसको ३० जना नयाँ सदस्य वृद्धि भएको छ । रक्तदान कार्यक्रमको अवसरमा विशेष छुटसहित आव्हान गरेको नयाँ सदस्य विस्तार कार्यक्रमबाट सदस्य वृद्धि भएको हो । नयाँ सदस्यहरुलाई तत्कालै सेयर प्रमाण पत्र र बचत पासबुक प्रदान गरिएको थियो ।

सम्बन्धित खवर