आज पुर्जा प्राप्तीको लागि खबरदारी गर्दै - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

आज पुर्जा प्राप्तीको लागि खबरदारी गर्दै

साइनो समाचारदाता

पथरी । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले मोरङको पथरी शनिश्चरेमा खबरदारी तथा ध्यानाकर्षण कार्यक्रम आज गर्दैछ ।

जन आन्दोलन चोकमा ११ वजेपछि हुने खबरदारी सभामा राजनीतिक दलका नेता, सुकुम्बासी नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । ‘जोत भोग तथा बसोबासको आधारमा धनीपुर्जा कायम गर्न सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरु एक हौं’ भन्ने नाराको साथ सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुको पुर्जा प्राप्तीको लागि खबरदारी कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ ।

समितिले बसोबासको आधारमा जग्गा धनिपुर्जा माग गर्दै पथरीशनिश्चरेको नगरपालिकामा माघ २२ गते ज्ञापनपत्र बुझाएका थियो । समितिको अध्यक्ष मौसम लिम्बूको टोलीले नगर प्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा बसोबासको आधारमा ६ महिना भित्र धनिपुर्जा दिनुपर्ने, ५ कट्ठा भन्दा कम जग्गा उपभोग गर्नेहरुलाई निशुल्क र त्यो भन्दा बढी भएकाला न्युनतम राज्स्वमा पुर्जा दिनुपर्ने, सुकुम्बासीको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

नगरमा २ सय १६ जना जग्गाधनीको नाममा रहेको २ सय ४३ बिगाहा १८ कट्ठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको नगरपालिका प्रमुख दिलिपकुमार राईले बताए ।

समितिको को को ?

समितिलाई मौसम लिम्बुले नेतृत्व गरेका छन् । समितिको उपाध्यक्षमा सुरेश चन्द्र मण्डल, सचिबमा कुबेरमान घतानी, सहसचिबमा खड्क आङदेम्बे र कोषाध्यक्षमा चन्द्रकला खड्का छन् । त्यस्तै सदस्यहरुमा मिना सेन्चुरी, कालीराम लिम्बु, सम्सेर राई, चन्द्रबहादुर गजमेर, डम्बर बहादुर तुम्बापो, अम्बरबहादुर लिम्बु, ज्ञानेन्द्र राई र पुर्ण बहादुर लिम्बु छन् ।

यस अघि जहरमान लिम्बुको नेतृत्वमा समितिले विभिन्न गतिविधि गर्दै आएको थियो ।

सम्बन्धित खवर