नेवा–ताम्सालिङ नामाङ्करण गरः चुम्लुङ - Sainokhabar
  • बुधबार, फागुन १२, २०७७

नेवा–ताम्सालिङ नामाङ्करण गरः चुम्लुङ

साइनो समाचारदाता

ललितपुर । प्रदेश सभा सदस्यहरुको सार्वभौम अधिकारलाई कुन्ठित गर्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नं. ३ लाई ‘बागमती’ प्रदेश बनाउन लागेकोमा किरात याक्थुङ चुम्लुङले आपत्ति जनाएको छ ।

शुक्रबार एक बिज्ञप्ती जारी गर्दै प्रदेश नं.३ लाई ‘नेवा–ताम्सालिङ’ नामाङ्करण गराउन माग गरेको हो । चुम्लुङ अध्यक्ष योगराज वनेमद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘यस अघि नामाङ्करण भएका पहिचान बिरोधी प्रदेशको नामहरुमा समेत गम्भीर असहमति जाहेर गर्दछौं ।’ नेकपालेको बैठकद्वारा बागमती नामाङ्करण गर्ने सहमति भएपश्चात आदिवासी जनजाति घटक संस्थाहरु आन्दोलन गरिरहेको छ ।

सम्बन्धित खवर