सातै प्रदेशबाट समाजवादीले सुदृढीकरण अभियान थाल्ने - Sainokhabar
  • बिहिबार, फागुन १३, २०७७

सातै प्रदेशबाट समाजवादीले सुदृढीकरण अभियान थाल्ने

साइनो समाचारदाता

ललितपुर । प्रतिपक्षी समाजवादी पार्टीले माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२०’ सञ्चालन गर्ने भएको छ ।

पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका विसु अभियान थाल्ने भएको हो । अभियानलाई सञ्चालन गर्न समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक राजेन्द्र श्रेष्ठले अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा भाग लिने बताएका छन् । अभियानको उद्घाटन तथा अभिमुखिकरण ७ वटै प्रदेशमा एक साथ हुनेछ । प्रदेश नं. १ को अभियानमा वरिष्ठ नेता, अशोक कुमार राई विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महाचिव रणध्वज कन्दङवा र सचिव परशुराम वस्नेतलगायतले सम्बोधन गर्नेछ । प्रदेश नं. २ सभामा प्रमुख अतिथि केन्द्रीय समिति अध्यक्ष मा. उपेन्द्र यादव, विशिष्ठ अतिथिहरू उपाध्यक्षद्वय. रेणुकुमारी यादव र मूख्य मन्त्री लालबावु राउत, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिंको रुपमा सहभागी हुदैछन् । प्रदेश नं. ३ मा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठले सम्बोधन गर्दै अभियान सुचारु थालिने भएको छ ।

गण्डकी प्रदेशको अभियान सङ्घीय परिषद अध्यक्ष डा.वावुराम भट्टराई, उपमहासचिव डम्बर खतिवडालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको समाजवादीले जनाएको छ । प्रमुख अथितिको रुपमा उपाध्यक्ष नवराज सुवेदी विशिष्ठ अतिथिको रुपमा सचिव मा. मो.इस्तियाक राईले उद्घाटन गर्दै प्रदेश ५ मा अभियान थालिने भएको छ । कर्णाली प्रदेशमा भने उपाध्यक्ष युवराज कार्की, सचिव भक्त बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सुदुरपश्चिम प्रदेशको अभियानमा भने प्रमुख अतिथिको रुपमा उपाध्यक्ष हेम राज राई, वशिष्ठ अतिथिहरूको रुपमा उपमहासचिव दान बहादुर विश्वकर्मा र सचिव दुर्गा सोवको रुपमा उपस्थित भई सम्बोधन गर्ने भएको छ । प्रदेश नं १ मा रकम चेम्जोङ, प्रदेश नं २ मा लालबाबु राउत, प्रदेश नं ३ मा हिसिला यमी, प्रदेश नं ४ (गण्डकी प्रदेश)मा हेमराज राई, प्रदेश नं ५ मा नवराज सुवेदी, प्रदेश नं ६ (कर्णाली प्रदेश) रं ७ (सुदुरपश्चिम प्रदेश) मा युवराज कार्कीलाई अभियानको अनुगमनकर्ताको रुपमा जिम्मेवारी दिएको छ ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता खटाइने छन् । जिल्लामा सम्बन्धित जिल्लाका वरिष्ठतम तथा कृयाशील केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइने छ । समाजवादी पार्टीले यस अभियानमार्फत आधारभूत तहसम्म पार्टी संगठन विस्तार गर्ने छन् । गाउँपालिका र नगरपालिकाका प्रत्येक वडामा वडा समिति र गाउँ तथा टोलमा प्रारम्भिक समिति बनाउने कामलाई तीब्रता दिइने छ । पार्टी एकताको उर्जालाई संगठनमा रूपान्तरण गर्ने, गाउँ गाउँ र टोल टोलसम्म पार्टी संगठन बनाउने, ब्यापक रूपमा पार्टी प्रवेश गराउने र पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यका साथ अभियान चलाउन लागेको कुरा केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर