आज बेलबारीमा पिस म्युजिकल कन्सर्ट - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

आज बेलबारीमा पिस म्युजिकल कन्सर्ट

साइनो समाचारदाता

बेलबारी । शान्ति युवा समूह बेलबारी ९ नलबारी मोरङले आज पिस म्युजिकल कन्सर्ट २०२० को आयोजना गर्दै छ । कार्यक्रम संयोजक धर्मराज राईका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको छ ।

लोकप्रिय गायक राजेशपायल राई, हास्य कलाकार उमेश राई (फुलन्देकी आमा), सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राईले प्रस्तुति रहने कन्सर्टमा गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुति रहनेछ । नेपाल भ्रमण वर्ष २०२०लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औसध सम्बन्धी सचेतनाका लागि ‘से नट टु ट्रग्स’ भन्ने नाराको साथ कन्सर्ट गर्न लागेको कार्यक्रम संयोजक धर्मराज राईले बताएका छन् । आयोजकले स्थानीयताको प्रचारप्रसार प्रवद्र्धन तथा सम्बद्र्धन गर्न विभिन्न जातीय समुदायको साँस्कृतिक नृत्यहरु समेत प्रदर्शन कन्सर्टमा गरिनेछ । कार्यक्रममा ६ लाख रुपैयामा खर्च हुने अनुमान गरिएको छ ।

२०५५ सालमा स्थापित शान्ति युवा समूहले हाजिरीजवाफ, साँस्कृतिक कार्यक्रम, यौन तथा सरुवा रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, सरसफाई कार्यक्रम, लागू औसध सम्बन्धी अन्तरक्रिया, उद्घोषण कलालगायत सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरु गर्दैआएको छ ।

सम्बन्धित खवर