जापान सरकारले माग्यो २३ सय कामदार - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

जापान सरकारले माग्यो २३ सय कामदार

साइनो समाचारदाता

काठमाडौं । जापान गएर राजगार गर्ने सोच भएका युवाहरुलाई खुसीको खबर । जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।

गत चैतमा नेपाल सरकार जापान सरकारबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको हो । फाउण्डेसनले जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुदैछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुने भएको छ । दुई हजार ५०० तोकिएको परीक्षामा कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्र्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ ।

डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन हुनेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनत २०० अङ्क ल्याउनुपर्ने, परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ ।

सम्बन्धित खवर