मान्टेश्वरी शिक्षा सम्बन्धि निःशुल्क तालिम - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

मान्टेश्वरी शिक्षा सम्बन्धि निःशुल्क तालिम

साइनो समाचारदाता

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा १५ दिने मन्टेश्वरी शिक्षा सम्बन्धि निशुल्क तालिम सुक्रबारबाट सुरु भएको छ ।

पथरीशनिश्चरे नगरको सहयोगमा नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघको आयोजनामा तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य लालबहादुर मगरले सिकाइको साथै उत्पीडित समुदाय राज्यको निर्णायक तहमा पुग्ने प्रयात्न गर्नुपर्ने बताए । मगरले आफू विध्यार्थी कालदेखिनै गरिवहरुको हकहित र सेवा गर्छ भनेपछी पार्टी राजनीतिमा लागेको बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले स्थानीय सरकारले गरेको काम बारे नबुझी नकारात्मक टिका टिप्पणी भइरहेको बातए । आम समुदायले स्थानीय सरकारको कार्यक्रममा नबुझी सामाजिक सन्जालमा लेख्नु भन्दा त्यहा सहभागी भएर सहयोग गरेमात्र नेपाल संमृद्द हुने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछी जनजातिको अधिकार कटौतीहुँदै गएको भन्दै त्यसप्रति तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए । राईले १ नम्बर प्रदेशको नाम पहिचानमा आधारित किरात, लिम्बुवान नछुटाउन प्रदेश सांसदहरु, सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

उड्घाटन कार्यक्रममा एभरेस्ट आवासीय बोर्डिङ स्कुलको निर्देशक शिक्षाविद रबिन कन्द्ङ्वाले यो तालिम लिएपछि शिक्षा पेसा नलिएपनी आफ्नो सन्तानलाई गाइड गर्न सहज हुने बताए । आदिवासी जनजाति महासंघ नगर सचिव देवेन्द्र वनेम, प्रशिक्षक राजेश खत्री लगायतको शुभकामना मन्तव्य दिएका थिए ।

सम्बन्धित खवर